काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धि पन्त (हरि) ले ‘हामी आउँदैछौँ’ अभियानको समापन जनगुनासो सम्बोधनका लागि प्रशासनसँग छलफल गरेर गरेका छन्।
अभियानका क्रममा स्थानीयले भ्रष्टाचार, अनियमितता, अवैध क्रसर सञ्चालन र प्रहरी–प्रशासनको भूमिकामाथि प्रश्न उठाएका थिए।
ती गुनासो सम्बोधन गर्न पन्तले प्रमुख जिल्ला अधिकारी बन्दनाकुमारी केसीमार्फत सम्बन्धित कार्यालयका प्रमुखहरूसँग बैठकको पहल गरेका थिए।
बैठकमा जिल्ला तहबाट समाधान गर्न सकिने समस्या तत्काल सम्बोधन गर्ने र अन्य विषय सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने प्रतिबद्धता जनाइएको छ।
स्थानीय चुनावलक्षित अभियानमा पन्तले पार्टीको उम्मेदवार छनोट प्रक्रिया र विधि–विधानबारे प्रशिक्षण दिँदै संगठन निर्माणमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4