+
+
Shares

अलाबामास्थित नेपाली समुदायद्वारा बाढी प्रभावितलाई ५० हजार डलर सहयोग 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १५:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको उत्तरी अलाबामास्थित नेपाली समुदायले भोटेकोशी बाढीपीडित परिवारका लागि ५० हजार अमेरिकी डलर संकलन गरी प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरेको छ।
  • नेपाली एसोसिएसन इन नर्थ अलाबामाका अध्यक्ष रवि लामाले बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग गर्नु साझा दायित्व भएको बताए।
  • एसोसिएसनले यसअघि नेपालका बाढीपीडितसँग ऐक्यबद्धता जनाउन प्रार्थना र दीप प्रज्वलन गरेको थियो।

३० असोज, काठमाडौं । अमेरिकाको उत्तरी अलाबामास्थित नेपाली समुदायले नेपालमा भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि ५० हजार अमेरिकी डलर संकलन गरी प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरेको छ ।

नेपाली एसोसिएसन इन नर्थ अलाबामाका अध्यक्ष रवि लामाले बाढीपीडितहरूप्रति ऐक्यबद्धता जनाउँदै यो कठिन समयमा आफ्ना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्दो सहयोग गर्नु सबैको साझा दायित्व भएको बताए ।

हजारौं माइल टाढा बसोबास गरे पनि यो आर्थिक संकलन अभियानले समुदायको एकता, उदारता र आफ्नो मातृभूमिसँगको निरन्तरको सम्बन्धलाई झल्काउने उक्त एसोसिएसनको विश्वास छ ।

एसोसिएसनले यसअघि नेपालका बाढी पीडितहरूसँग ऐक्यबद्धता जनाउँदै प्रार्थना र दीप प्रज्वलन समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?