+
+
Shares

गोरखाका डीएसपी श्रेष्ठ सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते २०:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ७१औं प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठलाई सम्मान गरेको छ ।
  • श्रेष्ठलाई जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन, अपराध रोकथाम, विपद् प्रतिकार्य र खोज तथा उद्दारमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै नगद पुरस्कारसहित कदर पत्र दिइएको हो ।
  • गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रेष्ठलाई कदर पत्रले सम्मान गरेका हुन् ।

३० असोज, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठ सम्मानित भएका छन् । ७१औं प्रहरी दिवसको अवसर पारेर शुक्रबार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उनलाई सम्मान गरेको हो ।

श्रेष्ठले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन तथा अपराध रोकथाममा प्रभावकारी भूमिका निर्वाह गरेको बताइएको छ ।

विपद् प्रतिकार्य, खोज तथा उद्दार कार्यमा समेत उनको नेतृत्वदायि भूमिका रहेको भन्दै उनलाई सम्मान गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नगद पुरस्कारसहित कदर पत्रले सम्मान गरिएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रेष्ठलाई कदर पत्रले सम्मान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?