+
+
WC Series
लुम्बिनी लायन्स 2026
0/0
VS
सुदूरपश्चिम रोएल्स 2026
0/0
Shares

घट्यो दसैंपछिको सेयर बजार, उत्पादन र व्यापारमा आकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दसैंपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक ४.३४ अंक घटेर २६२९ अंकमा झरेको छ।
  • सोमबार ९९ कम्पनीको मूल्य बढ्दा १७१ को घट्यो, र कारोबार रकम ४ अर्बबाट घटेर ४ अर्बमा सीमित भयो।
  • उत्पादन तथा प्रशोधन र व्यापार समूह क्रमशः १.०३ र १.११ प्रतिशत बढे, बेनी हाइड्रोपावरको मूल्य १५ प्रतिशत उकालो लाग्यो।

९ कात्तिक, काठमाडौं । दसैंअघि लगातार ७ कारोबार दिनसम्म बढेको सेयर बजार दसैंपछिको पहिलो कारोबार दिन घटेको छ ।

सोमबार नेप्से परिसूचक ४.३४ अंक घटेको हो । यो अंकको कमीपछि नेप्से २६२९ अंकमा कायम भएको छ । ९९ कम्पनीको मूल्य बढ्यो भने १७१ को घट्यो । त्यस्तै ६ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबार रकम घटेको छ । यसअघि ४ अर्ब ८८ करोडको कारोबार भएकोमा आज ४ अर्बको भएको छ ।

आज उत्पादन तथा प्रशोधन र व्यापार समूहमा भने आकर्षण देखिएको छ । उत्पादन तथा प्रशोधन समूह १.०३ तथा व्यापार १.११ प्रतिशत बढे । व्यापार समूहको विशाल बजार कम्पनीको मूल्य १.४१ प्रतिशत बढ्दा यो समूह बढेको हो । विशाल बजार र साल्ट ट्रेडिङ गरी जम्मा २ कम्पनी यो समूहमा पर्दछन् । पूँजीकरण उच्च भएकाले विशाल बजारले नै समग्र समूहलाई प्रभाव पार्दछ ।

त्यस्तै सिमेन्ट कम्पनीहरूको मूल्यवृद्धिले उत्पादन तथा प्रशोधन समूहलाई उचाल्यो । हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो ।

त्यस्तै माथिल्लो मैलुङखोला जलविद्युतको ५.८१, सोनापुर सिमेन्टको ५.०७, सगरमाथा जलविद्युत् कम्पनीको ४.७२, घोराही सिमेन्टको ४.४७, सानिमा मिडिल तमोरको ३.८४, सानिगढ हाइड्रोको ३.७८ प्रतिशत मूल्य बढ्यो ।

चिरख्वा हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.९२ प्रतिशत घट्यो । महिला लघुवित्त वित्तीय संस्थाको ७.५७, गुराँस लघुवित्तको ५.८१, एसियन हाइड्रोपावरको ४.३४, अपोलो हाइड्रोपावरको ४.१६, शुभम् पावरको ४.११ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, शिवम् सिमेन्ट, माउन्टेन इनर्जी, ग्रिन भेन्चर्स, हिमालयन डिस्टिलरी, अपि पावर, सानिमा बैंक, सानिमा मिडिल तमोर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?