+

केएस भरतले एनपीएल नखेल्ने

२०८३ कात्तिक  १८ गते ९:०५ २०८३ कात्तिक १८ गते ९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमान्डु गोर्खाजले भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरत व्यस्तताका कारण यस सिजन एनपीएल खेल्न नआउने जनाएको छ।
  • ३२ वर्षीय भरतले केही महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए र उनले भारतका लागि टेस्ट क्रिकेट खेलेका छन्।
  • भरतले टी–२० क्रिकेटमा ९१ खेलमा १ हजार ८ सयभन्दा बढी रन बनाएका छन् र २०२४ को आईपीएल विजेता कोलकाता नाइट राइडर्सका सदस्य थिए।

१८ कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाजमा अनुबन्ध भएका भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरत नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नआउने भएका छन् । यो जानकारी काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत दिएको हो ।

आज काठमान्डु गोर्खाजले फेसबुकमा लेखेको छ, ‘व्यस्तताका कारण के.एस. भरत यस सिजनमा हामीसँग जोडिने छैनन् । हामी उनको उज्ज्वल भविष्यको कामना गर्दछौं ।’

३२ वर्षीय भरतले केही महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । उनले भारतका लागि टेस्ट क्रिकेट खेलिसकेका छन् ।

भरतले टी–२० क्रिकेटमा ९१ खेल खेल्दै १ हजार ८ सयभन्दा बढी रन बनाएका छन् । विकेटकिपिङसँगै मध्यक्रममा उपयोगी ब्याटिङ गर्न सक्ने भरत सन् २०२४ को आईपीएल उपाधि जितेको कोलकाता नाइट राइडर्स टोलीको समेत सदस्य थिए ।

काठमाडौं गोर्खाजले उनलाई एनपीएल तेस्रो सिजनका लागि टोलीमा अनुबन्ध गरेको जानकारी गत भदौ पहिलो साता दिएको थियो ।

एनपीएल काठमान्डु गोर्खाज केएस भरत
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय