+
+
Shares

तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते १३:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तन्त्रविद् सन्दीप सापकोटाले अनुवाद तथा सम्पादन गरेको प्राचीन तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित भएको छ।

काठमाडौँ । तन्त्रविद् सन्दीप सापकोटाले अनुवाद तथा सम्पादन गरेको प्राचीन तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित भएको छ । तन्त्रचर्चा परिवारले प्रकाशित गरेको उक्त ग्रन्थ शनिबार मध्यपुर थिमि क्वालखुस्थित श्रीबालकुमारी मन्दिरमा अर्पण गरिएको हो ।

१७ अध्याय र २०५८ श्लोक समेटिएको ग्रन्थको अनुवाद प्रचलित नेपाल लिपिमा संरक्षित मूल संस्कृत पाठका आधारमा गरिएको प्रकाशतले जानकारी दिएका छन् ।

नेपाल लिपिमा उपलब्ध संस्कृत भाषाको तान्त्रिक वाङ्मयलाई नेपाली भाषामा प्रस्तुत गर्ने यस कार्यले प्राचीन ज्ञानपरम्पराको अध्ययन, अनुसन्धान र प्राज्ञिक विमर्शलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

तान्त्रिक आगम परम्पराको महत्त्वपूर्ण ग्रन्थ मानिने ‘कुलार्णवतन्त्र’ मा तन्त्रदर्शन, साधना तथा परम्परागत ज्ञानसम्बन्धी विषय समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?