News Summary
Generated by OK AI. Editorially reviewed.- अष्ट्रेलियाको वोलोंगोंग इलावारा क्षेत्रमा नेपाली समुदायले तिहार विशेष देउसी–भैलो कार्यक्रम भव्य रूपमा मनाएको छ।
- कार्यक्रममा नेपाली लोकगीत, दोहोरी र आधुनिक लाइभ म्युजिक प्रस्तुत हुँदै सहभागीले नाचगान र शुभकामना आदानप्रदान गरेका थिए।
- एमसीसीआईका प्रमुख कार्यकारी अधिकृत क्रिसले इलावारामा नेपाली समुदायसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अष्ट्रेलिया । अष्ट्रेलियाको वोलोंगोंगस्थित इलावारा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले देउसी भैलो मनाएका छन् । वोलोंगोंग इलावारा नेपाली समुदायको आयोजनामा तिहार विशेष देउसी–भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।
नेपाली कला, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाली लोकगीत, दोहोरी तथा आधुनिक लाइभ म्युजिकका प्रस्तुतिले सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए । नेपालीहरू गीतसंगीतमा रमाउँदै, नाच्दै र गाउँदै तिहारको उत्सवमा सहभागी भए ।
उनीहरूले एकआपसमा शुभकामना आदानप्रदान गर्दै नेपाली संस्कृति र परम्परालाई सामूहिक रूपमा मनाए ।
कार्यक्रममा एमसीसीआईका प्रमुख कार्यकारी अधिकृत क्रिसको विशेष उपस्थिति रहेको थियो ।
उनले इलावारा क्षेत्रमा नेपाली समुदायको जनसंख्या बढ्दै गएको उल्लेख गर्दै नेपाली समुदायसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
समुदायको विकास र हितका लागि आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो ।
वोलोंगोंग इलावारा नेपाली समुदायका अध्यक्ष सञ्जीव अमगाईंले प्रवासमा रहेर पनि भाषा, कला, संस्कृति र मौलिक पहिचान जोगाउनु सबै नेपालीको साझा जिम्मेवारी भएको बताए ।
यस्ता कार्यक्रमले नेपाली समुदायबीच एकता र भाइचारा बढाउनुका साथै नयाँ पुस्तालाई नेपाली परम्परासँग जोड्ने उनले उल्लेख गरे ।
संस्थाले आगामी दिनमा पनि नेपाली संस्कृति र सामुदायिक एकताको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
प्रतिक्रिया 4