२ भदौ, काठमाडौं । बेलायत सरकारले २० हजार अफगानी शरणार्थीलाई शरण दिने भएको छ । तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै बेलायतले यस्तो निर्णय गरेको हो । अहिले ल्याइएको योजनाअनुसार २० हजार अफगानी नागरिकले आगामी दिनमा बेलायतमा बसोबासको अनुमति पाउनेछन् ।
पहिलो वर्ष पाँच हजारले बेलायतमा बसोबासको अनुमति पाउनेछन् । जसमा महिला, बालिका र समस्यामा परेका मानिस प्राथमिकतामा रहनेछन् । गृहमन्त्री प्रीति पटेलले अन्य मुलुकलाई पनि सहयोग गर्न आग्रह गरेकी छिन् । टेलिग्राफ पत्रिकामा लेख्दै उनले भनेकी छिन्, ‘हामी एक्लैले यो काम गर्न सक्दैनौं ।
विपक्षी पार्टीहरुले भने यो योजना पर्याप्त नभएको भन्दै सरकारको आलोचना गरेका छन् । यो योजनाले अफगानिस्तानका पाँच हजार मानिसहरु र उनीहरुका परिवार लाभान्वित हुन सक्ने बताइएको छ ।
बुधबार बेलायतको संसद्मा अफगानिस्तान मुद्दाबारे छलफलका लागि प्रधानमन्त्री बोरिस जोन्सनलाई बोलाइएको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4