+

टी-२० विश्वकप क्रिकेटका लागि पाकिस्तानी टिम घोषणा

२०७८ भदौ  २१ गते १३:४० २०७८ भदौ २१ गते १३:४०
टी-२० विश्वकप क्रिकेटका लागि पाकिस्तानी टिम घोषणा

२१ भदौ, काठमाडौं । आगामी अक्टोबर-नोभेम्बरमा यूएई र ओमानमा आयोजना हुने आईसीसी टी-२० विश्वकपका लागि पाकिस्तानको टिम घोषणा भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले सोमबार बाबर आजमको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो ।

पीसीबीले अनुभवी र सन्तुलित टिम घोषणा गरेको जनाएको छ । तर टोलीमा ओपनर फखर जमान, शोएब मलिक, हैदर अली, वाहाब रियाज जस्ता खेलाडी पर्न असफल भए । टिममा आसिफ अली र खुशदील शाहले भने पुनरागमन गरेका छन् । यही टिमले नै न्युजिल्याण्ड र इंग्ल्याण्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने पीसीबीले जनाएको छ ।

टिममा ५ ब्याट्सम्यान, २ विकेटकिपर ब्याट्सम्यान, ४ अलराउण्डर र ४ फास्ट बलर रहेका छन् ।

टिमसँगै भ्रमण गर्नका लागि तीन जना वैकल्पिक खेलाडी पनि तोकिएको छ ।

पाकिस्तानी टिम

बाबर आजम (कप्तान), आसिफ अली, खुशदील शाह, मोहम्मद हाफिज, सोहिब मक्सुद, आजम खान (विकेटकिपर), मोहम्मद रिजवान (विकेटकिपर), इमाद वासिम, मोहम्मद नवाज,  मोहम्मद वासिम, शादब खान, हरिस रौफ, हसन अली, मोहम्मद हसनैन, शाहिन शाह अफ्रिदी

वैकल्पिक खेलाडी : फखर जमान, शाहनावाज दहानी, उस्मान कदिर

टी-२० विश्वकप पाकिस्तान क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय