+
+

कम्युनिष्ट एकताको झण्डा उठाउँछु : प्रचण्ड

रासस रासस
२०७८ भदौ २१ गते १८:०२
फाइल तस्वीर

२१ भदौ पाल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पृष्पकमल दाहाल प्रचण्डले परिवर्तन र क्रान्तिका लागि मुलुकमा कम्युनिष्ट एकताको पक्षमा झण्डा उठाउने बताएका छन् । नेपालका विभिन्न कम्युनिष्ट पार्टीबीच छलफल गरी एकताको झण्डा उठाउने उनको भनाइ छ ।

माओवादी केन्द्र पाल्पाको विस्तारित बैठकलाई जुममार्फत सोमबार सम्बोधन गर्दै प्रचण्डले डा. बाबुराम भट्टराई, मोहन वैद्य (किरण), नेत्रविक्रम चन्द (विप्लव) र उपेन्द्र यादवसँग एकताका विषयमा सकारात्मक छलफल भइरहेको समेत उनले बताए ।

देशका उत्पीडित जाति, वर्ग, लिङ्ग समुदाय एवं राष्ट्रको एकताको पक्षमा झण्डा उठाउने भन्दै उनले माओवादी पूर्ण समानुपातिक निर्वाचनको पक्षमा नै उभिएको बताए । पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दालाई आगामी दिनमा अगाडि बढाउने प्रचण्डको भनाइ छ ।

उनले नेकपा गठन गर्दा वैचारिक प्रतिवेदन र सङ्गठनमा माओवादीमय प्रतिवेदन भएको दाबी समेत गरे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?