काठमाडौं । एर्लिन ब्राट हालान्डको दुई गोल मद्दतमा बोरुसिया डर्टमण्डले जर्मन बुण्डेसलिगामा युनियन बर्लिनलाई ४-२ ले पराजित गरेको छ ।
डर्टमण्डका लागि राफेल गुरेइरोले १०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि हालान्डले २४औं र ८३औं मिनेटमा गोल गरे । युनियन बर्लिनका मार्भिन फ्रेरिचले ५२औं मिनेटमा आत्मघाति गोल उपहार दिएका थिए ।
युनियन बर्लिनका लागि म्याक्स क्रसले ५७औं र आन्द्रेस भोलसामरले ८१औं मिनेटमा गोल गरेका थिए ।
जितपछि पाँच खेलबाट १२ अंङ्क जोड्दै डर्टमण्ड तेस्रो स्थानमा छ । युनिय पाँच खेलबाट ६ अंकसहित आठौं स्थानमा छ ।
यस्तै अर्को खेलमा वल्फ्सवर्गले सिजनको पहिलो बराबरी खेलेको छ । वल्फ्सवर्गले एनट्राट फ्रांकपर्टसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।
३८औं मिनेटमा साम लामर्सले गोल गर्दै एनट्राटलाई वल्फ्सवर्गको मैदानमा पहिले अग्रता दिलाएका थिए । तर ७०औं मिनेटमा वाउट वेघोर्सले वल्फ्सवर्गका लागि बराबरी गोल फर्काए ।
यसअघि लगातार चार खेल जित्दै शतप्रतिशत नतिजा हात पारेको वल्फ्सवर्ग पहिलो बराबरीपछि पाँच खेलबाट १३ अंक जोड्दै दोस्रो स्थानमा छ । समान अंक भए पनि बायर्न म्युनिख गोलअन्तरमा अघि रहँदै शीर्ष स्थानमा छ ।
प्रतिक्रिया 4