+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पूर्वप्रहरी महानिरीक्षक बोहोराको घरबाट एभोकाडो चोरेको आरोपमा १२ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ८ गते १२:१६

८ असोज, काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोराको घरबाट एभोकाडो चोरेको आरोपमा १२ जना पक्राउ परेका छन् ।

नयाँबानेश्वरको संगम चोकस्थित बोहोराको घरबाट यही असोज १ गते एभोकाडो चोरी भएको थियो । त्यसपछि बानेश्वर प्रहरी र अपराध महाशाखाको टोलीले अनुसन्धान गर्दा १२ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा रामेछापका सन्जिव खड्का, मकवानपुरका रोज राई, काभ्रेका यमबहादुर तामाङ, मकवानपुरका राजीव गुरुङ, काभ्रेका देव तामाङ, रामेछापका निरज नेपाली, काभ्रेका मिलन दुलाल, काभ्रेका समीर तामाङ, मोहित दाहाल, प्रदीप यादव, शंकर खडायत लगायत छन् ।

अनुसन्धानको क्रममा उनीहरु तीन वर्षदेखि चोरीमा संलग्न रहँदै आएको पाइएको प्रहरीले जनाएको छ । उनीहरुले बुद्धनगर, बानेश्वर, थापागाउँ, नक्शाल, चन्डोल लगायतका स्थानबाट एभोकाडो चोरेर बेच्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?