
२५ असोज, गुल्मी । गुल्मीदरवार गाउँपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । दशैंलगायतका चाडपर्वमा हुनसक्ने कालोबजारी तथा म्याद नाघेका सामग्रीहरुको बिक्री बितरणमा रोक लगाउने उदेश्यले बजार अनुगमनलाई तीब्रता दिएको हो ।
गाउँपालिकाले बिभिन्न स्थानमा २२७ वटा पसलहरुका अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । अनुगमनको क्रममा ४५ वटा पसलबाट म्याद नाघेका कुकिज, सुजि, बेसन, चाउमिन, भुजा, कोक, फेन्टा लगायत लेबल नभएका २५ हजार वढीको सामाग्रीहरु बरामद गरिएको पाण्डेले बताए ।
अनुगमनको क्रममा दर्ता नगरेका पसलहरुलाई तुरुन्त दर्ता गर्न र मूल्य सूची नराख्ने पसलहरुलाई राख्नको लागि अनुरोध गरिएको उनले बताए । त्यस्तै पसलको बोर्ड नराख्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालन नगर्ने पसलहरुलाई पालन गर्न आग्रह गरिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4