+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दशैंको बेला धनगढीमा नगद र गहना चोरी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते १०:५४

१ कात्तिक, धनगढी । दशैंको बेला कैलालीको धनगढीस्थित एक घरबाट नगद र सुनका गहना चोरी भएको छ ।

धनगढी उपमहानगरपालिका–४ भगवती टोलका स्थानीय इन्द्रबहादुर सिंहको घरमा चोरी भएको हो ।

सिंहले २ लाख ३० हजार रुपैयाँ नगद र करिब २० तोला सुनका गहना चोरी भएको भन्दै कैलाली गाउँमा रहेको प्रहरी चौकीमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

‘घटनाका सम्बन्धमा अनुसन्धान गर्दै चोरी भएको भनिएको नगद र गरगहनाको खोजी कार्यमा प्रहरी टोली खटाएका छौं,’ एसपी अधिकारीले भने ।

तेक्वान्दो संघ कैलालीका सचिव रहेका सिंहले आफूहरु दशैं मनाउन पुर्ख्यौली घर डोटी गएका बेला चोरी भएको बताएका छन् ।

छिमेकीलाई घरको रेखदेख गरिदिन आग्रह गर्दै दशैं मनाउन गएको बेला मूल ढोकामा लगाएको ताला फुटाउँदै गरगहना र नगद चोरी भएको भन्दै प्रहरीमा निवेदन दिइएको उनले जनाए ।

सिंहकाअनुसार तीन तोला बराबरका छड्के तिलहरी दुई वटा, तीन तोला बराबरकै दुई वटा मंगलसुत्र, तीन तोला बराबरकै दुई वटा हार, दुई तोला बराबरको दुई वटा सिक्री, दुई तोला बराबरका दुई वटा मंगलसुत्र, तीन तोला बराबरका ६ वटा औंठी, ५० ग्राम बराबरको औंठी लगायतका गरगहना चोरी भएको सिंहले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?