 
																			३ कात्तिक, सुर्खेत । मुगुमा भएको बस दुर्घटनामा परि घाइते भएका थप एकजनाको मृत्यु भएको छ ।
छाँयानाथ रारा नगरपालिका–१४, का २७ वर्षीय दन्त बुढाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए । यो संगै मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।
उनको मंगलबार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । गत असोज २६ गते भएको बस दुर्घटनामा यसअघि नै ३२ जनाको मृत्यु भएको छ ।
३२ मध्ये २४ जनाको घटनास्थलमै, चार जनाको उद्दारका क्रममा र चार जनाको उपचारका क्रममा बाँकेमा मृत्यु भएको थियो ।
नेपालगञ्जबाट सुर्खेत हुँदै मुगु छुटेको भे १ ख ३१६७ नम्बरको बस छाँयानाथ रारा नगरपालिका ७ पिनाटपने खोलामा दुर्घटना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4