
११ कात्तिक, काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताएका छन् । ।
बिहीवार नक्शालमा रहेको भाटभटेनी सुपरमार्केटमा क्यूआर कोडबाट गरिने कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले अबको समयमा डिजिटल फाइनान्सियल सर्भिसलाई आत्मसात गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।
उनले विद्युतीय माध्यमको फाइदा धेरै भएकोले डिजिटल प्रविधिलाई समयसँगै अघि बढाउनु पर्ने बताए । उनले क्यूआर कोर्ड मार्फत् भूक्तानी गर्दा समयको वचतसँगै पैसा लेनदेनसम्बन्धी अनेकन झन्झटबाट मुक्त हुने बताए ।
गभर्नर अधिकारीले भने,‘आज हामीले क्यूआरको उद्घाटन गरिरहेका छौँ, विद्युतीय माध्यमको फाइदा धेरै छ, अझ क्यूआरको फाइदा धेरै छ, समयको बचत छ, काउण्टरमा बस्ने व्यक्तिलाई पैसा दिइराख्दा पैसा गन्नुपर्छ, च्यातिएको छ कि छैन हेर्नुपर्छ, एउटा ट्रान्जेक्शन सेटल हुन समय लाग्छ, क्यूआरबाट किन्यौँ, केही झन्झट नै छैन, नेपालको राष्ट्रिय हीतको सन्दर्भमा यसको विशेष महत्व छ, यसबाट आन्तरिक लाभ धेरै छ ।’
गभर्नर अधिकारीले डिजिटल नेपालको अभियानलाई चाँडै सफल बनाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । उनले क्यूआर कोर्डको महत्व नेपालको राष्ट्रिय हीतको सन्दर्भमा विशेष रहेको बताउँदै सबैले आन्तरिक लाभ लिन सकिने र यसका लागि नेपाल राष्ट्र बैंकले प्रोत्साहित गरिरहेको बताए ।
प्रतिक्रिया 4