+
+

कृष्टिनाको लामो पर्खाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते ११:३९

२२ मंसिर, काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टले विश्वमा फेरि सन्त्रास फैलाएन भने फागुन १३ गते चलचित्र ‘प्रेमगीत ३’ रिलिज हुनेछ । यो चलचित्रले बक्स अफिसमा बम्पर कारोबार गर्ने प्रदर्शक र वितरकहरुको अनुमान छ ।

यो चलचित्रबाट नेपाली रजतपटमा नवनायिका कृष्टिना गुरुङको आगमन हुँदैछ । उनी अडिसनबाट यो चलचित्रका लागि छानिएकी हुन् ।

तर, चलचित्र रिलिजका लागि तयार भएकै बेला विश्वमा कोरोना महामारी शुरु भयो र दर्शकमाझ आउन पाएन । प्रदर्शन मिति तोकेर प्रचारमा गइसकेको चलचित्र अन्तिम समयमा प्रदर्शन हुन नपाउँदा निर्माताको बजेट त बढ्यो नै, नवनायिका कृष्टिनाले  पनि दुई वर्षसम्म आफ्नो काम देखाउन पाइनन् ।

कृष्टिना बुधबार आफ्नो जन्मदिन मनाउँदैछिनु । जन्मदिनको अवसरमा उनलाई सहकर्मी र साथीहरुले शुभकामना दिइरहेकी छन् ।

‘प्रेमगीत ३’ले बक्स अफिसमा गर्ने व्यापारसँगै कृष्टिनाको कामको पनि चर्चा हुन थाल्नेछ । यो ब्यानरले नायिका पूजा शर्मा र नायक प्रदीप खड्कालाई चलचित्र क्षेत्रमा स्थापित गरिसकेको छ । तर, ‘प्रेमगीत २’ हिट भएपनि यसकी नायिका अश्लेषा ठकुरी भने त्यसपछि केही चलचित्रमा काम गरेर अहिले पलायन जस्तै भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?