
२ पुस, काठमाडौं । सांस्कृतिक संस्थानले विद्यालय शिक्षालाई सहयोग गर्न नाटक शुरु गर्ने भएको छ ।
संस्थानका महाप्रवन्धक अशोककुमार राईले बिभिन्न पाठ्यक्रममा भएका कृतिहरुमा माथि नाटक मञ्चन गरेर देखाइने बताए । अध्ययन अध्यापनमा हप्तादिन लाग्ने एक चिहान उपन्यास नाटक २ घण्टामा हेरेर बुझ्न सकिने उनले बताए ।
नाटक हेरेका विद्यार्थीहरुको मन मस्तिष्कमा पनि चाँडो यसको छाप बस्ने भएकोले शैक्षिक पाठ्यक्रममा भएका कृतिहरुमा नाटक शुरु गर्न लागिएको उनको भनाइ छ ।
न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा महाप्रवन्धक राईले सांस्कृतिक संस्थानप्रतिको विश्वासलाई मध्यनजर गरेर विद्यार्थी, शिक्षक र विद्यालयहरुले हृदयचन्द्र सिंह प्रधानको उपन्यास ‘एक चिहान’ बाट नाटक शुरु गर्ने बताए ।
महाप्रवन्धक राईले पढेर भन्दा हेरेर विद्यार्थीहरुमा नाटकको प्रभावकारिता बढीरहेकोले नाटक मञ्चन गर्न लागेको बताए ।
महाप्रवन्धक राईले पुस ३ गतेदेखि नाटक नियमित मञ्चन हुने बताए । उनले सांस्कृतिक संस्थानले विभिन्न नाटक, कथा, उपन्यासहरुलाई नाट्य रुपान्तरण गरेर काठमाडौंमा मात्रै नभइ बाहिर पनि विद्यार्थीहरुलाई देखाउने तयारी गरिरहेको बताए ।
महाप्रवन्धक राईले कक्षा १२ सम्मका नाट्यकृतिहरुलाई मात्र नभइ मास्टर, डिग्रिसम्म अध्ययन गर्नुपर्ने कृतिहरुलाई नाटकमा प्रस्तुत गर्ने लक्ष्य बनाएको पनि बताए । उनले सांस्कृतिक संस्थानलाई आवश्यक बजेट उपलब्ध गराएमा पनि संस्थानले शिक्षाको क्षेत्रमा उल्लेख्य सहयोग पु¥याउने बताए ।
प्रतिक्रिया 4