+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रचण्डबारे लेखनाथको टिप्पणी : हामीभित्र पनि बा प्रवृत्ति देखियो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १५ गते १५:२३

१५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टीमा अर्को रुपमा ‘बा प्रवृत्ति’ देखिएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा १०बुँदे फरक मत राखेका न्यौपानेले प्रचण्ड स्वयंमा आत्मकेन्द्रित व्यक्तिवाद देखिएको बताएका हुन् ।

‘तपाईंका प्राय: सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिंदैन । सुनिन्छ त म, मेरो, मैले, प्रचण्डले मात्र’, उनले लेखेका छन् ।

नेकपा कालमा केपी ओलीलाई लेखेको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको, तर हामी भन्ने एक ठाउँमा मात्र उल्लेख भएको स्मरण गराउँदै उनले भनेका छन्, ‘हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिष्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको बा प्रवृत्ति देखिएको छ ।’

प्रचण्ड आफैं उपस्थित भएको ठाउँमा लस्करै तस्वीर राख्न कसले निर्देशन दियो भनेर प्रश्न उठाएका छन् । नेता न्यौपानेले फरक मतमा लेखेका छन्, ‘कमरेड अध्यक्ष, त्यो ठाउँमा दिलबहादुर वा सुरेश वाग्ले अथवा शहीदहरुको तस्वीर राखेको भए हाम्रो संस्कृति कति सुसंगत हुन्थ्यो होला ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?