
१५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशनमा शहीदको सालिक भत्काएको भन्दै सुरु भएको विवाद अन्त्य भएको छ ।
प्रदेश २ को समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा टोली नेता सत्यनारायण भगतले महोत्तरीको खयरमारामा रहेको शहीद रामवृक्ष यादवको शालिक स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले भत्काउन लगाएको आरोप लगाएका थिए । पोखरेललाई कारबाही गर्नुपर्ने उनको माग थियो ।
आफूमाथि गम्भीर आरोप लागेपछि अध्यक्ष मण्डलमा रहेका पोखरेल बन्द सत्रमा जान मानेनन् । यो विषयको निर्क्यौल नगरेसम्म बन्द सत्रमा नजाने उनको अडान थियो । तर भगतले पोखरेललाई आरोपित गरेकोमा आत्मालोचना गर्दै पत्र लेखेका छन् भने नेतृत्वले पनि आरोप गलत भएको बताएपछि विवाद सुल्झिएको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4