+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

वैशाख मसान्तसम्म १२ वर्षमाथिका सबैले कोरोनाविरुद्धको खोप पाउँछन् : मन्त्री खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १४:०१

२८ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले १२ वर्षदेखि माथिका सबै नेपालीलाई आगामी वैशाख मसान्तसम्म खोप लगाइसक्ने बताएका छन् ।

कार्यकालको एक सय दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले यसअघि १८ वर्षमाथिका नागरिकलाई चैत मसान्तभित्र खोप लगाइसक्ने लक्ष्य रहे पनि १२ वर्षमाथिका बालबालिकाका लागि पनि खोप आएकाले समय लम्ब्याइएको बताए ।

‘विसं २०७९ वैशाखसम्म लक्षित समूह सबैलाई खोप लगाइसक्ने हाम्रो लक्ष्य छ । पहिले चैत महिनासम्म लगाइसक्ने लक्ष्य थियो। तर, अब लक्षित समूहमा १२ वर्षमाथिका पनि समेटिएकाले एक महिना लम्ब्याइएको छ,’ खतिवडाले भने, ‘ यसअघि लक्षित समूहमा १८ वर्षमाथिकालाई मात्र समेटिएकोले चैतसम्म भनिएको थियो । १८ बर्षमूनिका समूह थपिएकाले वैशाखसम्म पुग्न गएको हो ।’

सबै नागरिकलाई खोप लगाउनका लागि आवश्यक खोपको मौज्दात सुनिश्चित गरिसकेको मन्त्री खतिवडाले बताए । हाल खोप लगाउने दरलाई हेर्दा यो लक्ष्य तोकिएको मिति भन्दा अगाडि नै पूरा हुने उनले दावी गरे ।

मन्त्री खतिवडाले आगामी फागुन १ गतेदेखि १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिइने बताए ।  ‘यसअघि हामीले फ्रन्टलाइनरलाई मात्र बुस्टर डोज दिने भनेका थियौं । अब फागुन १ गतेदेखि १८ वर्षमाथिका दोस्रो डोज लगाएको ६ महिना पूरा भइसकेका सबैलाई बुस्टर डोज दिन्छौं,’ उनले भने।

मन्त्री खतिवडाले ५ वर्षमाथिका बालबालिका लागि खोपको उपब्धता सुनिश्चित भइसकेको बताएका छन् ।

हालसम्म १२ बर्ष भन्दामाथिको लक्षित जनसंख्याको ७७ प्रतिशतले पहिलो मात्रा र ६९ प्रतिशतले पूर्ण खोप पाइसकेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?