+
+

काठमाडौंका ए डिभिजन फुटबल क्लबलाई १०–१० लाख अनुदान

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १८:२७

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ५ वटा सहिद स्मारक ‘ए डिभिजन फुटबल’का हरेक क्लबलाई १० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले क्लबका अध्यक्षहरुलाई अनुदान रकमको चेक हस्तान्तरण गरे ।

अनुदान पाउनेमा मच्छिन्द्र क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, मनाङ् मर्स्याङ्दी, एनआरटी क्लब गरी ए डिभिजनका ५ वटा फुटबल क्लबहरु छन् ।

चेक हस्तान्तरणसँगै मेयर शाक्यले विजेता मच्छिन्द्र फुटबल क्लब हरेकलाई ५ लाख रुपैयाँ प्रोत्साहन दिने घोषणा गरे । शाक्यले खेल अवधिमा प्रतिस्पर्धा र त्यसपछि सौहार्द्रता राजनीतिक क्षेत्रले सिक्नु पर्ने पाठ भएको बताए ।

‘खेलकुदले सामाजिक र आर्थिक विकास गर्छ । रोजगारी सिर्जना गर्छ । त्यति मात्र होइन यसले विश्वभर देशको गौरव बढाउँछ,’ मेयर शाक्यले भने ।

अनेक आयाम भएको खेलकुदले स्वस्थ्य सहर निर्माण योगदान दिने भन्दै उनले सानो सहयोगले आन्तरिक प्रतिस्पर्धाबाट दक्ष खेलाडी छनौट गर्न सहयोग पुग्ने बताए । यस्ता खेलाडीले भोलि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट नेपालको गौरव उच्च बनाउने उनले बताए ।

महानगरले उपलब्ध गराएको रकम क्लबहरुले खेलकुद प्रयोजनका लागि मात्र प्रयोग गर्न पाउनेछन् । क्लवहरुले आयोजना तथा सञ्चालन गर्ने प्रतिस्पर्धामा प्रयोग हुने जर्सी, ट्र्याक, ट्राउजर, फुटबल व्यागजस्ता सामानमा महानगरको लोगो अङ्कित गर्नु पर्नेछ । महानगरको नीति र प्रचलित कानुन विपरीत क्लबले काम गरे सम्झौता स्वतः खारेज हुने महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?