+
+

सरकार चुनावदेखि भाग्न खोजेको छ : एमाले महासचिव पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १६:५३

२३ फागुन, विराटनगर । नेकपा एमाले महासचिव शंकर पोखरेलले सरकारले चुनाव गर्न नचाहेको आरोप लगाएका छन् । नेकपा एमाले मोरङ जिल्ला समितिले गरेको पत्रकार सम्मेलनमा उनले सरकार आवधिक निर्वाचनबाट भाग्न खोजेको टिप्पणी गरे ।

अहिले स्थानीय तहको निर्वाचन सार्न प्रतिनिधिसभाको अर्लि इलेक्सनको चर्चा भइरहेको भन्दै महासचिव पोखरेलले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताए ।

नेपालमा अस्थिरताको कारण धेरै राजनीति दल भएको बताउदै उनले अब जनताले दुई दलमध्ये एक रोज्नुपर्ने बताए ।

अर्थतन्त्रलाई अघि बढाउन सरकार असफल भएको भन्दै महासचिव पोखरेलले मुलुकको सञ्चित कोष विपत्ति आए टार्न नसक्ने स्थितिमा पुगेको दावी गरे । विकास निर्माणको काम पनि ठप्प भएको उनले बताए ।

एमालेले फागुन २५ गते रंगेलीमा तराई मधेस केन्द्रित जनसभा गर्ने निर्णय भएको छ । सभामा ५० हजार सहभागी हुने एमालेका मोरङ जिल्ला सचिव रूपेश खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?