११ भदौ, काठमाण्डौं । शान्त वातावरण र स्वच्छ हावाको मज्जा लिन ‘मर्निङ वाक’ मा निस्कनु धेरै सहरबासीको दैनिकी नै भएको छ । तर मर्निङ वाकको यो रुटिन अव तपाईले परिवर्तन गर्नुपर्नेछ । नत्र चर्को प्रदूषणको सिकार हुने जोखिम छ । तन्दुरुस्तीका लागि झिसमिसै मर्निङ वाकमा निस्कने काठमाण्डौं उपत्यकाबासीले सबैभन्दा बढी प्रदुषणको सामना गर्नुपरेको तथ्य बैज्ञानिक अनुसन्धानले देखाएको छ ।
जर्मनीस्थित इन्स्टिच्युट फर एड्भान्स सस्टेनवालिटी स्टडिज -आईएएसएस) का महेश्वर रुपाखेतीसहितका वैज्ञानिकहरुले गरेकेा अध्ययनले प्रदूषणको यस्तो अवस्था देखाएको हो । अनुसन्धानका अनुसार उपत्यका बिहान ६ बजे देखि १० बजेसम्म सबैभन्दा धेरै प्रदूषित हुन्छ । अध्ययनले उपत्यका दिउँसो बढी प्रदूषित र बिहान स्वच्छ हुने आमविश्वास गलत सावित गरिदिएको मंगलबार प्रकाशित अन्नपूर्ण पोस्टमा खबर छ । रुपाखेलीले प्रदूषणको दृष्टिले मर्निङवाको समय हानिकारक रहेको बताए । उनको समूहले उपत्यकाका बोडे, भीमढुंगा, शिवपुरी, नगरकोट, पकनाजोलसहित २२ स्थानमा एकसय ६० वटा अत्याधुनिक प्रविधि प्रयोगलगरी वायु प्रदूषण अध्ययन गरेको थियो । राजधानीमा भेला भएका वैज्ञानिकहसँगको छलफलमा अध्ययनको निष्कर्ष प्रस्तुत गर्दै उनले भने-‘दिउँसो १२ देखि एक बजे बिहानको भन्दा एक चौथाई कम तथा साँझ पाँच बजेदेखि ६ बजे आधा भन्दा कम प्रदूषण हुन्छ । ‘
साँझ डढाएको फोहोर तथा अन्य स्रोतबाट निस्किएको धुवाँधुलो उपत्यकाबाट बाहिरिन नपाउँदा बिहान प्रदूषणको मात्रा बढी हुने गरेको अध्ययनको निष्कर्ष छ ।
प्रतिक्रिया 4