+

बी डिभिजन लिग : चर्च ब्वाइजको अग्रता

२०७८ फागुन  २९ गते १२:५१ २०७८ फागुन २९ गते १२:५१
बी डिभिजन लिग : चर्च ब्वाइजको अग्रता

२९ फागुन, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगअन्तर्गत चौथो चरणको खेल समाप्त हुँदा चर्च ब्वाइज युनाइटेडले अग्रता कायम राखेको छ ।

शनिबार भएको खेलमा श्री कुमारी क्लबसँग १-१ को बराबरीमा रोकिँदा चर्च ब्वाइज २ अंकको अग्रता लिने अवसर गुमाए पनि अपराजित यात्रा कायम राख्दै शीर्षस्थानमै फर्किएको हो ।

४ खेलबाट चर्च ब्वाइज र श्री भगवती क्लबको समान १० अंक रहे पनि गोलअन्तरमा चर्च ब्वाइज अघि छ । यसअघि लगातार तीन खेल जितेको चर्च ब्वाइजको यो पहिलो बराबरी हो । श्री कुमारीले भने लगातार चौथो बराबरी खेलेको हो ।

सी डिभिजन च्याम्पियन बन्दै बी मा उक्लेको चर्च ब्वाइज बी डिभिजनमा पनि शीर्ष दुईभित्र रहेर ए डिभिजनमा बढुवा हुने लक्ष्यसहित खेलिरहेको छ । लिगमा करिब एक तिहाई खेल सकँदा चर्च ब्वाइजले उत्कृष्ट लयलाई कायमै राखेको छ । यस पटक शीर्ष दुई स्थानमा रहने टिमहरु ए डिभिजन लिगमा बढुवा हुनेछन् ।

चौथो चरणको समाप्तिपछि आइतबार बी डिभिजन लिगमा विश्राम रहेको छ । चौथो चरणको ७ खेलमा कूल २५ गोल भए । यसअघि पहिलो चरणमा ३१ गोल भएको थियो भने दोस्रो चरणमा १९ गोल हुँदा तेस्रो चरणमा १६ गोल भएको थियो ।

अंकतालिकामा चर्च ब्वाइज र श्री भगवती क्रमश: पहिलो र दोस्रो स्थानमा छन् । १४ क्लब सहभागी लिगमा यस पटक अन्तिमका दुई टिम सी डिभिजनमा घटुवा हुनेछन् ।

चर्च ब्वाइज बी डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय