+
+

बलात्कारको झुठा मुुद्दा लगाएको भन्दै युवतीलाई साढे ३ वर्ष कैद सजाय

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते ८:३९

१७ चैत, धनगढी । अछाममा बलात्कारको झुठा आरोप लगाउने एक युवतीलाई साढे तीन वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत अछामले बलात्कारको झुठा आरोप लगाएको ठहर गर्दै कमलबजार नगरपालिकाकी-१९ वर्षीया युवतीलाई कैद सजाय सुनाएको हो ।

जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले ती युवतीलाई तीन वर्ष ६ महिना जेल सजाय सुनाएको जिल्ला अदालतले जनाएको छ ।

अछामकै रामारोशन गाउँपालिका २० वर्षीय युवकले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै ती युुवतीले गत फागुन १० गते जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

विवाहको कुरा गर्न माघ १५ गते युवक ती युवतीको घरमा गएका बेला राति एकै कोठामा सुतिरहेको अवस्थामा आफूमाथि करणी भएको आरोप युवतीको थियो ।

तर अदालतमा बकपत्र गर्ने क्रममा ती युवतीले युवकले विवाह गरौं भन्दा घरमा मान्छेको मृत्यु भएको र उमेर पुगेपछि बिहे गरौंला भनेका कारण आफूले रिसले मुद्दा दायर गरेको बयान दिइन् ।

उनले ती युवकसँग सहमतिमै करणी भएको समेत स्वीकार गरेको देखिएकाले पीडित भनिएकी युवतीले युवकलाई झुठा मुद्दामा फसाउन खोजेको तथ्य फेला परेको अदालतको फैसलामा उल्लेख छ ।

प्रतिवादीलाई झुठा मुद्दामा फसाउने प्रयत्न गरेबापत ती किशोरीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ बमोजिम तीन वर्ष ६ महिना कैद हुने फैसला सुनाएको अदालतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?