+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

थारु पत्रकार संघको २५ सदस्यीय कार्यसमिति चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २६ गते १५:०८

२६ चैत, काठमाडौं । थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा प्रदीपकुमार लेखी सर्वसम्मत चयन भएका छन् । नवलपुरको अमलटारीमा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनले लेखीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

जसको वरिष्ठ उपाध्यक्षमा सन्तकुमार चौधरी (चितवन), प्रदेश-१ उपाध्यक्षमा कुलदीप चौधरी (सुनसरी), मधेश उपाध्यक्षमा प्रतिमा चौधरी (बारा), बागमती उपाध्यक्षमा किशोर चौधरी, एशोसिएट उपाध्यक्षमा सहदेव चौधरी (काठमाडौं) र लुम्बिनी उपाध्यक्षमा सञ्जु चौधरी चयन भएका छन् । कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश उपाध्यक्ष भने मनोनित गर्न बाँकी रहेको संघले जनाएको छ ।

यस्तै महासचिवमा लक्ष्मी चौधरी (काठमाडौं) र उपमहासचिवमा विजय चौधरी (चितवन) चयन भएका छन् । सचिव (महिला) मा दिपशिखा चौधरी (दाङ), सचिव (पुरुष) मा लीलानाथ गच्छदार (मोरङ) र कोषाध्यक्षमा कारी महतो (चितवन) चयन भएका छन् ।

केन्द्रीय सदस्यमा सवि चौधरी (दाङ), धिरेन्द्र चौधरी (बारा), मनोज चौधरी (चितवन), दिनेश कुमार चौधरी (काठमाडौं ), राज चौधरी (रुपन्देही), जनक चौधरी (बर्दिया), नवीन चौधरी (बारा), सुमित्रा चौधरी (चितवन) सर्वसम्मत चयन भएका छन् । केन्द्रीय कार्यसमितिले दुई जना सदस्य मनोनित गर्ने व्यवस्था छ ।

कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णु चौधरीले संघको मुखपत्र फूलरिया, प्रवासमा थारु पुस्तक तथा चितवन शाखाबाट प्रकाशित थारु क्यालेण्डरको विमोचन गरेका थिए ।

यसैगरी ओसिएस थारु राष्टिय पत्रकारिता पुरस्कार (२०७७) बाट ठाकुरसिंह थारु (बाँके) , ओसिएसस राष्टिय पत्रकारिता पुरस्कार (२०७८) बाट दुष्यन्त चौधरी (बारा), जोखन-जगत रत्गैया राष्टिय पत्रकारिता पुरस्कार(२०७७) बाट बुनु थारु (काठमाडौं), जोखन–जगत रत्गैया राष्टिय पत्रकारिता पुरस्कार (२०७८) बाट लखन दहित ‍(कैलाली) १० हजार रुपैयाँ र सम्‍मानपत्रबाट पुरस्कृत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?