+
+

ब्याडमिन्टन प्रतियोगितामा १६ खेलाडी पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३ गते १८:३१

३ वैशाख, नवलपुर । नवलपरासी पूर्वमा सञ्चालित जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा १६ खेलाडी पुरस्कृत भएका छन् ।

मौलाकालिका ब्याडमिन्टन संघ गैंडाकोट र गैँडाकोट राइजिङ स्टार स्पोर्टस क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगिताका विजेतालाई नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा मेन्स डबल बीमा चितवनका विधान गुरुङ र प्रकाश श्रेष्ठको टोली पहिलो र चितवनकै अमर रायमाझी र सुजन गुरुङको टोली दोस्रो भएको छ । गैंडाकोटका दुर्गा सापकोटा र शम्भु प्रधान तथा नेत्र सुवेदी र लोकबहादुर थापाको टोली तेस्रो भएको छ । पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

मेन्स डबल्स सीमा चितवनकै नवराज लामिछाने र दया पोखरेलको टोली पहिलो,  चितवनका चन्द्रबहादुर थापा र भरत गुरुङको टोली दोस्रो र नवलपुरका अक्षय क्षेत्री र सोभित राना तथा चितवनका निशान गुरुङ र कपिल श्रेष्ठको टोली तेस्रो भयो ।

यो विधामा पहिलो हुनेले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार पाए । ७८ टीम सहभागी भएको प्रतियोगिताको उद्घाटन गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले गरेका थिए । पुरस्कृत खेलाडीलाई उपमेयर विष्णु कुमारी सापकोटाले पुरस्कार प्रदान गरिन् ।

यो प्रतियोगितालाई हरेक बर्ष निरन्तरता दिने प्रचारप्रसार समितिका संयोजक विष्णु लम्सालले बताए । प्रतियोगिता सञ्चालनका लागि चार रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?