+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भोजपुरमा ७ स्थानीय तह भागबण्डा, दुई ठाउँ प्रतिस्पर्धा 

सत्ता गठबन्धनले भोजपुरको सात स्थानीय तहमा भागबण्डा गर्ने सहमति गरेको छ । गठबन्धनको बैठकले दुई स्थानीय तहमा भने मैत्रीपूर्ण प्रतिस्पर्धा  गर्ने सहमति भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १६:४३

६ वैशाख, भोजपुर । सत्ता गठबन्धनले भोजपुरको सात स्थानीय तहमा भागबण्डा गर्ने सहमति गरेको छ । गठबन्धनको बैठकले दुई स्थानीय तहमा भने मैत्रीपूर्ण प्रतिस्पर्धा  गर्ने सहमति भएको छ ।

नेकपा माओवादी केन्द्रका नेता अजम्बर काङमाङ राईका अनुसार, कांग्रेसले चार, माओवादी केन्द्रले दुई र नेकपा एकीकृत समाजवादीले एक स्थानीय तहको नेतृत्व पाएको छ । गठबन्धनले जिल्ला समन्वय समितिको सभापति पनि टुंग्याएको छ ।

सभापतिमा जनता समाजवादी पार्टी र उपप्रमुख माओवादी केन्द्रको कोटामा परेको छ । तालमेल नभएको आम्चौंक र अरुण गाउँपालिकामा भने गठबन्धनका दलहरुले अलगअलग उम्मेद्वारी दिने भएको छ ।

१. रामप्रसाद राई गाउँपालिका
अध्यक्षः माओवादी केन्द्र
उपाध्यक्षः नेपाली कांग्रेस

२. पौवादुङ गाउँपालिका
अध्यक्षः माओवादी केन्द्र
उपाध्यक्षः नेपाली कांग्रेस

३. हतुवागढी गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः माओवादी केन्द्र

४. भोजपुर नगरपालिका
मेयरः नेपाली कांग्रेस
उपमेयरः एकीकृत समाजवादी

५. षडानन्द नगरपालिका
मेयरः नेपाली कांग्रेस
उपमेयरः माओवादी केन्द्र

६. साल्पा सिलिछो
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः माओवादी केन्द्र

७. टेम्केमैयुङ गाउँपालिका
अध्यक्षः एकीकृत समाजवादी
उपाध्यक्षः नेपाली कांग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?