+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कच्चा पदार्थमा पनि तयारी उत्पादन सरह भन्सार तिर्नु परेकोमा पेन्ट उद्योगीको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते २१:४७

पेन्ट उद्योग संघले आयातित कच्चा पदार्थमा भन्सार विभागबाट बेहोरिरहेको अधिकतम् भन्सार शुल्कले समस्या परेको बताएको छ । पत्रकार सम्मेलन गर्दै संघले हाल नेपालको बैङ्किङ क्षेत्रमा देखिएको तरलता सङ्कट तथा विदेशी मुद्रा सञ्चितिमा आएको ह्रासलाई मध्यनजर गरी भविष्यमा तयारी पेन्टको आयातमा सरकारले काउण्टरभेलिङ शुल्क लगाउन सक्ने सम्भावनाको रहेको बताएको छ ।

पेन्टका लागि आवश्यक मुख्य कच्चा पदार्थको आयातमा पनि उद्योगहरूले तयारी उत्पादनकै कोडसरहको भन्सार शुल्क बेहोर्नुपरेकोमा सङ्घले ध्यानाकर्षण गराएको छ। संघका अनुसार एक्रिलिक पोलिमर सबै पानीमा आधारित पेन्ट तयार गर्नको लागि आवश्यक एक मुख्य कच्चा पदार्थ हो ।एक्रिलिक पोलिमरको आयातमा सरकारले तोकेको कर बजारमूखी नरहेको पेन्ट उद्योग संघको ठहर छ ।

संघले भनेको छ ‘तयारी वस्तुको आयातको तुलनामा कच्चा पदार्थको आयातमा एक तह कम भन्सार शुल्क निर्धारण गर्ने सरकारको सामान्य नीति रहेको छ । यद्यपि, व्हाइट सिमेन्ट लगायत कतिपय कच्चा पदार्थ र प्याकेजिङ सामग्रीहरूको हकमा भने यो नीति पालना गरिएको छैन ।’

साथै करार उत्पादन गर्ने/गराउने प्रावधानको लागी पनि सरकारलाई नितिगत सुधार गर्न पनि पेन्ट उद्योगहरुको आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?