
प्रतीकात्मक तस्वीर
२७ वैशाख, गुल्मी । गुल्मीको छल्दी पनाहा खोलामा माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।
रेसुङ्गा नगरपालिका वडा नम्बर–१४ का १७ वर्षीय अनिल सामात र १३ वर्षीय सुदन सामतको मृत्यु भएको गुल्मीका एसपी भीमबहादुर दाहालले जानकारी दिए ।
अनिल र सुदन सोमबार माछा मार्न भनि बल्छी लिएर गएका थिए । उनीहरु घरमा नफर्किएपछि मंगलबार खोज्ने क्रममा छल्दीपनाहा खोलामा डुबेको अवस्थामा शव फेला परेको उनले बताए ।दुवै जनाको शवलाई पोष्टमार्टका लागि गुल्मी अस्पतालमा ल्याइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4