
३१ वैशाख, दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकाको दुई वटा वडाको मतगणना सकिँदा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।
वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार पोखरसिंह लोथ्याल १८३ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भरतसिंह धामीले १५६ मत ल्याए । यो वडामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेका थिए ।
यस्तै वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार धर्मसिंह धामी ३४७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गामसिंह धामीले २४८ मत ल्याए ।
गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका भगतसिह ठेकरे बोहराले ५८५ मतसहित अग्रता लिएका छन् । एमालेका धर्मानन्द मन्यालले ३४४ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका देवकी ठेकरे ३४३ मतसहित अग्रता लिएकी छन् भने एमालेका उर्मिला बोहराले २३७ मत पाएकी छन् ।
अपिहिमालका ६ वटा वडामा कुल ३ हजार ८ सय ६५ मत खसेको थियो ।
प्रतिक्रिया 4