+
+

अक्षयकुमारलाई दोस्रो पटक कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १४:०५

कोरोना पोजेटिभ भएको कारण अक्षय कुमार कान्स फिल्म फेस्टिभलमा सहभागी नहुने

बलिउड अभिनेता अक्षयकुमारलाई कोरोना संक्रमण भएको छ । अक्षय दोस्रो पटक कोरोना महामारीको चपेटामा परेका हुन् । यो जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिएका थिए ।

कोरोना पोजेटिभ भएसँगै अक्षयले कान्स फिल्म फेस्टिभ २०२२ मा सहभागी हुन नसक्ने बताएका छन् । पछिल्लो समय उनी आगामी फिल्म पृथ्वीराजको ट्रेलरलाई लिएर निकै चर्चामा छन् ।

के लेखेका छन् ट्विटमा ?

अक्षयले ट्विटमा लेखेका छन् – ‘कान्स २०२२ को इन्डिया प्याभिलियन हाम्रो सिनेमा उद्योगको लागि धेरै उत्सुक विषय थियो । तर, दुःखको कुरा के छ भने म कोरोना पोजेटिभ भएको छु । अनुराग ठाकुर तपाईं र तपाईंको सम्पूर्ण टिमलाई फेस्टिभलको लागि धेरै शुभकामना । म त्यहाँ उपस्थित हुन नपाउँदा फेस्टिभललाई धेरै मिस गर्नेछु ।’

२०२१ मा पनि कोरोना पोजेटिभ भएका थिए

यसअघि सन् २०२१ मा पनि अक्षयमा कोरोना पोजेटिभ देखिएको थियो । अक्षयलाई उनको फिल्म राम सेतुको सुटिङका क्रममा कोरोना सङ्क्रमण भएको थियो । उनी बाहेक फिल्मका क्रुमा केही सदस्यहरूमा पनि कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि फिल्मको सुटिङ  रोकिएको थियो  ।

‘पृथ्वीराज’को ट्रेलरले चर्चामा 

खेलाडी अक्षय कुमारको आगामी फिल्म पृथ्वीराजको ट्रेलर सार्वजनिक भएको छ । फिल्म ‘जुन ३’ मा हलहरूमा रिलिज हुने बताइएको छ । यस फिल्ममा अक्षयको साथमा मानुषी चिल्लर देखिँदै छिन् । अक्षय पृथ्वीराजको भूमिकामा देखिनेछन् भने मानुषी संयोगयताको भूमिकामा देखिनेछन् । फिल्मलाई यशराज ब्यानरले निर्माण गरेको हो । हिन्दी बाहेक तमिल र तेलुगुमा पनि फिल्म रिलिज हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?