
२ जेठ, दार्चुला । दार्चुलाको दुहु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार नरेन्द्रबहादुर बडाल निर्वाचित भएका छन् । उनले दुई हजार ८८६ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पुलेन्द्र बहादुर कार्कीले २ हजार ८३१ मत पाए ।
त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी शान्ति बम दुई हजार ८८४ मत ल्याएर निर्वाचित भइन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी तारा केशरी कुँवरले दुई हजार ८४२ मत पाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4