+
+

सर्लाहीको हरिपुर नगरपालिकाको मेयरमा कांग्रेसका पञ्जियार निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ११:३९

१ जेठ, काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गोपाल पञ्जियार निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका सुनिल बुढाथोकीलाई ३ हजार ५१ मतले पछि पार्दै पञ्जियार विजयी भएका हुन् । उनले ६ हजार ९३८ मत प्राप्त गर्दा बुढाथोकीले ३ हजार ८८७ मत पाए ।

यसैगरी उपमेयरमा पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसकी नीलम राय यादव ५ हजार ५८३ मत ल्याएर निर्वाचित भएकी हुन् । उनकी प्रत्यासी नेकपा एकीकृत समाजवादीकी शिला कार्कीले ४ हजार ७६ मत मात्रै ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?