+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

निमावि तहको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तर्वार्ता २१ गते

शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, द्वितीय श्रेणी शिक्षक पदको मिति २०७८ चैत २१ गते लिएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १७:४२

३१ जेठ, काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, द्वितीय श्रेणी शिक्षक पदको मिति २०७८ चैत २१ गते लिएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले लिखित परीक्षामा उत्तीर्ण हुनेको अन्तर्वार्ता असार २१ गते हुने जनाएको छ ।  परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेद्वारले असार ६ गतेसम्म कार्यलय समयभित्र तोकिएको राजस्व तिरी निवेदन गर्न सक्नेछन् ।

वस्तुगत उत्तरपुस्तिका (ओएमआर सीट) मा प्रश्नपत्रको सेट उल्लेख नगरेको वा दुई वा दुई भन्दा बढी सेटमा संकेत गरेका, वस्तुगत उत्तरपुस्तिका (ओएमआर सीट) को रोल नम्बर संकगर्ने गर्ने गोलो घेरामा आफ्नो सही रोल नम्बर जनाउनको लागि मसी भर्दा गल्ती गरी गोलो घेरामा मसी भरेको, एक भन्दा बढी गोलोमा मसी भरेको वा मसी नै नभरेको कारण रोल नम्बर फरक पर्न गएको उत्तरपुस्तिका रद्द गरिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?