+
+

एमाले सांसदहरुले बहिस्कार गरे संसद

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १४:००

२ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बहिस्कार गरेको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको भन्दै एमालेले संसदीय छानविन समिति गठन माग गरेको थियो । तर सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन बजेटमाथि उठेका प्रश्नमा जवाफ दिन समय दिए ।

अर्थमन्त्री बोलेपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले बोले । शर्माको जवाफ सुन्न लायक नभएको भन्दै संसद बहिस्कार गर्ने बताए । लगतै एमाले सांसदहरु संसदबाट बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?