+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

निवन्धः मित्र

परिवारभित्र एक मानिसका विभिन्न नाता हुन्छन् । हजुरवा-हजुरआमा, वावु-आमा, श्रीमान-श्रीमती, दाजु-भाउजु, भाई-बुहारी, दिदी-भिनाजु, वहिनी-ज्वाई, मामा-माइजु, काका-काकी, बडावा-बडीआमा, ठुलीआमा-ठुलाबा, सानाबा-सानीमा आदि यी साइनोभित्र पनि एक व्यक्ति मामा वा काकासँग अलिक नजिकीने देखिन्छ, अझ कतिपय अवस्थामा त समकालिनहरु नजिक हुने हुन्छन् । अब त यी साइनोहरु पनि सिमीत हुदैछन् किनकी आज भोलि एक परिवारभित्र १ वा २ भन्दा बढी जन्म नै हुन छाडेको छ । यी नाताकुटुम्ब बाहेक पनि वाहिर एक घनिष्ट सम्बन्ध हुन्छ त्यो हो मित्रता ।

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २९ गते ७:३६

पूजन भट्टराई

संसारमा जे जति प्राणीहरु छन्, ती प्राणीहरु र मानिस वीचमा औसत आनी बानी मिल्दछ । जस्तो आफनो हुलमा नेतागिरी वा दादागिरी गर्ने । आफनो वर्चस्व देखाउनु आफना सन्तान छोरा छोरीलाई माया प्रेम गर्नु । जिस्कनु, चल्नु, समूह वा झुण्डमा वस्नु । आफनो वरपर मन मिल्नेलाई मित्रता कायम गर्नु आदि मानिस र अरु प्राणीमा मिल्ने गुण हुन् । फरक चाँही के हो भने मानिस भोलिको लागि संरक्षण गर्ने, जीवन कसरी सहज र सरल हुन्छ भनि खोज्ने प्राणी हो ।

pujan-bhattaraiपरिवारभित्र एक मानिसका विभिन्न नाता हुन्छन् । हजुरवा-हजुरआमा, वावु-आमा, श्रीमान-श्रीमती, दाजु-भाउजु, भाई-बुहारी, दिदी-भिनाजु, वहिनी-ज्वाई, मामा-माइजु, काका-काकी, बडावा-बडीआमा, ठुलीआमा-ठुलाबा, सानाबा-सानीमा आदि यी साइनोभित्र पनि एक व्यक्ति मामा वा काकासँग अलिक नजिकीने देखिन्छ, अझ कतिपय अवस्थामा त समकालिनहरु नजिक हुने हुन्छन् । अब त यी साइनोहरु पनि सिमीत हुदैछन् किनकी आज भोलि एक परिवारभित्र १ वा २ भन्दा बढी जन्म नै हुन छाडेको छ । यी नाताकुटुम्ब बाहेक पनि वाहिर एक घनिष्ट सम्बन्ध हुन्छ त्यो हो मित्रता ।

साथी हाई हेल्लो देखि लिएर हरेक पाइला पाइलामा हुनसक्छ जस्तो छर छिमेक पढदा वा काम गर्ने कार्यालय जहाँसुकै हुन्छन् तर यति भए पनि असल मित्र भने बहुत कम नै हुन्छन् । कतिपय जन्मदा देखिसँगै हुर्केका आफना नाताकुटुम्बसँग गर्न नसकेको कुराहरु मानिसले आफनो मित्रलाई सुनाउने गर्छ अझ कति पय अवस्थामा तनाव हुँदा मित्रलाई केही तनाव साझेदारी गर्दा समाधान निस्कने पनि गर्छ भने कति पय अवस्थामा सामधान ननिस्किए पनि आफूलाई हल्का महसुश हुन्छ ।

साथी र मित्र अलग कुरा हो । मित्र भनेको त्यो हो जसले दुःखमा रुन पनि सघाउन सकोस् । साथी भनेको त यसो कुरा गर्‍यो पुग्यो । अझ रमाइलो गर्न मात्र शेयर गर्ने । अझ साथी कति त स्वार्थी नै हुन्छन् । हरिवंशले आफनो किताव चिनो हराएको मान्छेमा “हरेक मानिस स्वर्थी हुन्छ । ममा पनि स्वार्थ छ” भनेका छन् तर असल मित्रमा स्वार्थ हुन्न । थ्री इडियट हिन्दी चलचित्रमा एक ठाउँमा के भनेको छ भने साथी फेल हुँदा जति दुःखी हुँईन्छ । त्यो भन्दा दुःखी साथी प्रथम हुँदा हुँइदोरहेछ भनेको छ । यी चाहि डाहाडे स्वभाव हो । मित्रता विपरीत लिङ्गीसँग पनि हुनसक्छ र त्यसमा कुनै स्वार्थ वा कपटीपन हुदैन पनि ।

कतिपय मानिसको भविष्य नै साथीसँग गासिएको हुन्छ, असल मित्र फेला परेमा असल हुने नभए आवश्यक भौतिक पूर्वाधार अभिभावकले पूरा गरिदिँदा पनि अभिभावकको इच्छाविपरित दुव्र्यसनिमा लिप्त हुने हुन्छन् अधिकाँश समय भट्टमिा विताउने यी सवै लक्षण साथीबाट नै हुन्छन् । राम्रा कुरामा दाँजिने र राम्रा कुरामा प्रतिस्पर्धा गरेर आउने पनि साथीसँगत नै हुन्छ । साथी मित्र भविष्यको निर्माता नै हुन्छ ।

हामीले जहाँसम्म अध्ययन गर्दा मानिस अपराधिक मानसिकता वा क्रुर हुनुको कारण मुख्यतया २ कुरामा भर पर्छ भनि अध्ययन गरिएको थियो । पहिलो हो जीन र दोश्रो चाँही सँस्कार, सँगत भनिन्छ । यसमा पनि सँगतको मुख्य भूमिका रहेको हुन्छ ।

कतिपय अवस्थामा मानिसले आफनो परिवारबाट पाउन नसकेको माया प्रेम सहयोग मित्रबाट पाउँछ । कति मानिसको वढुवा हुने वा भाग्योदयको जस्केलो चाँही मित्रले नै खोलिदिएको पनि पाइन्छ ।

मित्रको आवश्यकता मानिस जव जागीरवाट वा कुनै व्यवसायबाट अवकाश प्राप्त हुन्छ अनि महशुस हुन्छ मित्र के हो भनेर, मानिस शक्तिमा पुगेको वेला शक्तिको रापले गर्दा अन्धा नै भएको हुन्छ समाज र साथीभाइबाट । जव अवकाश प्राप्त हुन्छ अनि हिजो शक्तिमा भएका बेला भएका आसेपासे हुक्के बैठके सबैले मरेको वस्तुलाई जुम्राले छोडे जसरी छोडछन् । आफने सामने परि गए भनेपनि यसले के काम लगाउँछ भनेर नदेखे जसरी भाग्दछन् । घरमा मात्र बाध्य भएर सिमित हुन पुग्छन् ।

एक विवाहित मानिसको असल मित्र भनेको नै श्रीमती हो तर श्रीमतीसँग नगरेको कुरा पनि मित्रसँग गरेको हुन्छ । श्रीमतीसँग सबै साझेदारी गरेको हुन्छ । श्रीमती त झन अर्धाङ्गनिी नै हो । यस्तो आधा शरीरलाई पनि नभनीकन कसरी मित्रलाई भन्न पुगेको होला ?

एक जना ६२ वषिर्य शिक्षकको श्रीमतीको स्वर्ग भयो । शिक्षकको २ छोरा १ छोरी सबै स्नात्तकोत्तर गरेका र विहेवारी भइसकेर नातिनातिना पनि भइसकेको परिवार थियो । आफन्तजन पनि शिक्षित र शुभचिन्तक नै थिए । ती शिक्षकले दोश्रो विहे गर्ने मन गरेछन् । यत्तिका धेरै नातागोता भित्र भन्न नसकेर मित्रबाट नै परिवारमा सन्देश दिए ।

नेपालीहरुको मित लगाउने र मित कायम गरेपछि दुवै मितले मितको परिवारलाई पनि आफनो परिवार जत्तिकै मान्नुपर्ने हुन्छ । अझ रमाइलो त के छ भने मित मित भित्र विहेवारी चल्दैन । तीन पुस्ता सम्म मित वा मित हजुरवा भन्ने चलन पाइन्छ । मितले सामाजिक वनावटमा राम्रो भूमिका खेलेको पाइन्छ ।

मित्र हुन त खोई के मिल्नु पर्छ त्यो भन्न सकिदैन । खोई तरङ्ग पो मिल्नु पर्छ कि ?

एक चोटी सोचेर हेरौ । जीवनमा कति साथी भए कति मित्र भए । मित्र भनेको त्यो हो जसको लागि आफूले पनि ज्यान दिन तयार भइन्छ भने मित्रले पनि ज्यान दिन तयार होओस् । हामीले कतिपय अवस्थामा आफना स्वार्थका कारणले कतिपय ठाउँमा आफना  मित्रहरु गुमायौं होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?