+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एकीकृत समाजवादीका मन्त्रीलाई अब पार्टी कार्यालयमै भेट्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते २०:५९

२६ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई अब पार्टी कार्यालयमा पन भेट्न सकिने भएको छ।

एकीकृत समाजवादीले पार्टीबाट सरकारमा गएका मन्त्रीलाई सातामा एक दिन एक घण्टा भेट्न सकिने गरि तालिका निर्माण गरेको हो ।

केन्द्रीय कार्यालय सचिव गंगालाल तुलाधरले जारी गरेको कार्यतालिकामा प्रत्येक मन्त्रीलाई हप्ताको एक दिन दिउँसो २–३ बजेसम्म भेट्न सकिने छ।

आइतबार र शुक्रबार पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई भेट्न सकिने छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र मंगलबार श्रममन्त्री शेरबहादु कुँवरलाई भेट्न सकिने छ ।

त्यस्तै बुधबार सहरी विकास मन्त्री मेटमणि चौधरी र बिहीबार स्वास्थ्य राज्यमन्त्री हिरा केसीलाई भ्ट्न सकिने छ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मन्त्रालयमा धेरै भिडभाड नहोस् भनेर सहजताका लागि पार्टी कार्यालयमा समेत भट्न सकिने व्यवस्था मिलाइएको बताए ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तीनकुने स्थित आलोकनगरमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?