
५ साउन, काठमाडौं । भियतनामबाट हाई एयू एभिएसनको एक चार्टर्ड जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी २७ तारीखमा आउने गरी सो जहाजले अनुमति लिएको छ । विमानस्थलका प्रमुख गोविन्द दाहालका अनुसार यो जहाज आउँदा रित्तै आउनेछ, र्फकंदा २ जना यात्रु लगेर फर्कने भएको छ ।
यो विमानस्थलबाट अहिले जजिरा एयरवेजले मात्र नियमित उडान गरिरहेको छ । यसअघि भारतीय सेनाको जहाज अवतरण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले काठमाडौंबाट परीक्षण र उद्घाटन उडान गरेको थियो । त्यसबाहेक अन्य उडान भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4