+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ओमिक्रोनको उपप्रजाति ‘बीएफ.वान’ नेपालमा पनि भेटियो

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ साउन ५ गते २१:२६

५ साउन, काठमाडौं । अत्यधिक संक्रामक मानिएको ओमिक्रोन भेरियन्टको उपप्रजाति बीएफ.वान नेपालमा पनि पहिचान भएको छ ।

धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ.वान’ पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएको २२ वटा नुमनालाई आनुवंशिक परीक्षण (जिन सिक्वेन्सिङ) मार्फत हेर्दा विभिन्न उपप्रजातिहरु देखिएका छन् ।

‘बीएफ.वान अहिलेसम्म नेपालमा देखिएको थिएन । तर, हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई रिपोर्टिङ गरेका छौं । ओमिक्रोनको उपप्रजाति ‘बीएफ.वान’ अहिलेसम्मकै संक्रामक मानिएको छ,’ अस्पताल स्रोतले भन्यो ।

स्रोतका अनुसार जिन सिक्वेन्सिङ गर्दा ८ वटा नमुनामा ओमिक्रोनका उपप्रजाति ‘बीए.फाइभ’ देखिएको छ ।

‘पछिल्लो समयमा संक्रमण बढ्नुमा ‘बीए.फाइभ’ कै हात रहेको छ । ‘बीए.फाइभको सबभरियन्ट ‘बीएफ.वान’ पुष्टि हुनुले थप चुनौति थपिदिएको छ,’ स्रोतले भन्यो ।

यो प्रजातिलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ । यो कत्तिको खतरनाक छ भन्ने अध्ययन भइसकेको छैन ।

विश्व स्वास्थ्य संगठनले गत असारमा ‘बीएफ.वान’ युरोपमा पनि देखिएको पुष्टि गरिसकेको छ ।पछिल्लो दुई हप्तायता काठमाडौंका अस्पतालहरूमा भर्ना भएका कोरोना संक्रमितमा दोस्रो डोज खोप लगाएकाहरु पनि पाइएको छ ।

अनुसन्धान वैज्ञानिक तथा जीवाणुविज्ञ डा. सन्तोष दुलाल अहिले पुष्टि भएका ओमिक्रोनको उपप्रजातिमा खोपको प्रभावकारिता कम भएको बताउँछन् । उनका अनुसार कुल संक्रमितमध्ये ‘बीए.फाइभ’ ले ८० प्रतिशतलाई संक्रमण गराएको छ ।

‘३५ प्रतिशत ओमिक्रोनको सब भेरियन्ट ‘बीए.फाइभ’ ले गर्दा अस्पताल भर्ना भएका छन्’, डा. दुलालले भने, ‘खोप लगाएर वा संक्रमण भएर शरीरमा बनेको एन्टिबडीले ‘बीए.टु’ लाई जति सुरक्षा दिन्थ्यो । त्यसको चार गुणा कम सुरक्षा ‘बीए.फाइभ’ दिएको पाइएको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हाल संक्रमणदर १० प्रतिशतले नाघिसकेको छ । विज्ञका अनुसार यो कोरोनाको चौथो लहर हो ।

डा. दुलाल भन्छन्, ‘दुई डोज वा बुस्टर खोप लगाएका मानिस पनि अस्पतालमा भर्ना भएका छन् । ‘बीए.फाइभका सब भेरियन्ट संक्रमणका कारण वा खोपका कारण शरीरमा विकसित प्रतिरक्षा क्षमता छल्न समक्ष भएको देखिन्छ ।’

यद्यपि, खोप लगाएका मानिसमा संक्रमण भए पनि जटिलता कम हुने भएकाले अतिरिक्त खोप (बुस्टर) लगाउनुपर्ने डा. दुलालको सुझाव छ ।

‘अतिरिक्त खोप र मास्क लगायतका जनस्वास्थ्यको मापदण्ड पालनामा ध्यान दिनुपर्नेछ’, डा. दुलाल भन्छन्, ‘अब कोभिडको संक्रमण प्रकृति हेर्दा फ्लु (मौसमी रुघाखोकी) विरुद्धको खोप जस्तो कोभिडविरुद्धको खोप लगाउनुपर्ने हुनसक्छ ।’

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?