+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘सेन्टर फर एक्सलेन्स’लाई त्रिविले मजाकको विषय बनायो : अखिल क्रान्तिकारी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते १७:१९

१३ साउन, काठमाडौं । अखिल क्रान्तिकारीले ‘सेन्टर फर एक्सलेन्स’भन्ने नारालाई त्रिभुवन विश्वद्यालयले मजाकको विषय बनाएको अरोप लगाएको छ ।

विश्वद्यालयमा१८ बुँदे ज्ञापन पत्र बुझाउँदै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले लामो समय तालाबन्दीबाट गुज्रिएर विश्वविद्यालय कमजोर अवस्थामा पुगेको समेत बताएको छ।

‘पछिल्लो समय विद्यार्थीहरुको भविष्यमाथि चरम लापरवाही गरी ‘सेन्टर फर एक्सलेन्स’भन्ने नारालाई समेत गिज्याउदै गैरजिम्मेवारपूर्ण तरिकाले परीक्षा जस्तो संवेदनशील कुरामा कहिले निजी कलेजसँगको साँठगाँठमा प्रश्नपत्र बिक्री गर्ने, कहिले हुबहु प्रश्नपत्र दोहोर्‍याउने त कहिले अर्कै विषयको प्रश्नपत्र वितरण गरी विद्यार्थीलाई मनोवैज्ञानिकरुपमा गम्भीर असर पुर्‍याउने काम भइरहेको छ,’  ज्ञपनपत्रमा भनिएको छ ।

परीक्षा जस्तो संवेदनशील विषयमा  हदैसम्मको लापरवाही गरेर बिश्वविद्यालयको प्रतिष्ठालाई लिलामी गर्ने दुष्प्रयास गरिएको समेत अखिल क्रान्तिकारीले आरोप लगाएको छ।

हरेक २ वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन १४ वर्षदेखि हुन नसकेको भन्दै तत्काल स्ववियु निर्वाचनको मिति घोषण गर्न समेत अलिख क्रान्तिकारीले माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?