+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विवाहको एक वर्षपछि कार्मले दिए बिहेभोज, बधाई दिन बालेन साहदेखि महजोडीसम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १४:४४

काठमाडौं । अभिनेता कार्मले सेलिब्रिटीका लागि भव्य बिहेभोज दिएका छन् । पाटन दरबार स्क्वायरको न्याखचोकस्थित नखबहिलमा परम्परागत नेवारी भोजको आयोजना गरिएको थियो । जहाँ नेपाली फिल्म, संगीत, मिडिया र उनका साथीहरु सहभागी रहे ।

विवाह भएको एक वर्ष बिते पनि कोरोना महामारीका कारण रोकिएको बिहेभोज शनिबार बेलुका आयोजना भएको थियो । फ्रान्सेली प्रेमिका एनी सोफीसँग कार्मले यसअघि नै बिहे गरिसकेपछि यसको खुलासा भने यसै साता मात्रै भएको हो ।

कार्मको बिहेभोजमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सौगात मल्ल, सृष्टि श्रेष्ठ, इन्दिरा जोशी, दीया मास्के, सुनिल थापा, लुनिभा तुलाधर, ऋचा शर्मा, अशोक शर्मा, आना शर्मा, रेमनदास श्रेष्ठ लगायत सहभागी थिए ।

सहभागीले कार्म र एनीलाई वैवाहिक जीवनको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?