६ भदौ, काठमाडौं । रोबर्ट लेवान्डोस्कीले स्पानिस ला लिगामा गोलको खाता खोलेको खेलमा बार्सिलोनाले रियफ सोसिडाडलाई ४-१ ले पराजित गरेको छ ।
सोसिडाडको मैदानमा भएको खेलमा लेवान्डोस्कीले खेलको पहिलो मिनेटमै गोल गरेका थिए । उनले ६८ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।
उस्मान डेम्बेलेले ६६ र अंशु फातीले ७९ मिनेटमा गोल गरे ।
सोसिडाडका अलेक्जान्डर इस्याक छैटौं मिनेटमा गोल गरे ।
यस सिजन पहिलो जित निकालेको बार्सिलोना दुई खेलबाट ४ अंक जोडेर पाँचौं स्थानमा छ ।
 
                    










 २०७९ भदौ  ६ गते ७:१८
                        २०७९ भदौ  ६ गते ७:१८                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4