+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली हुन्छ : बालेन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते १३:२१

८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सबै खाले अवैध संरचना हटाएरै छाड्ने बताएका छन् । बुधबार काठमाडौंको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैं फिल्डमा पुगेका उनले अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने बताए ।

‘काठमाडौं जिल्ला अदालतको समेत खाली गराइँदै छ,’ अवैध संरचनामा डोजर नचलाउन अनुरोध गर्दै आएकाहरुलाई उनले भने, ‘अवैध संरचना जसले बनाएको भए पनि त्यो कानुनको दायरामा ल्याइन्छ ।’

बबरमहलमा अत्याधुनिक शैलीमा बनाइएको अदालतको अन्डरग्राउन्ड पार्किङको प्रयोगमा छैन । जसका कारण व्यस्त सडकको फुटपाथमै सेवाग्राहीले सवारी साधन पार्किङ गरिरहेका छन् ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले अदालतको भुइँ तल्लामा दसीका रुपमा आएका सवारी साधनहरु रहेको बताए । ‘अदालतमा दसीका रुपमा आएका सामानले पार्किङ भरिएको छ,’ उनले थपे, ‘महानगरबाट यसबारे जानकारी माग भएको छ । दुई जना कर्मचारी पनि आउनु भएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?