+
+

कस्तो बन्दैछ कांग्रेसको घोषणपत्र ? विश्वप्रकाशले सार्वजनिक गरे आधार

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १४:०२

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले युवा भावनालाई समेट्ने गरि घोषणापत्र आउने बताएका छन् । ‘म र मेरा लागि तर समग्रमा देशका लागि’ भन्ने युवा भावनाको लहरलाई घोषणापत्रको अन्तर्वस्तुमा समाहित गरिने उनले जानकारी गराए ।

बदलिएको समयको अपेक्षालाई सम्बोधन गर्ने गरि चुनावी घोषणापत्र सार्वजनिक गरिने महामन्त्री शर्माले बताए । कांग्रेसको घोषणापत्रमा सस्तो लोकप्रियताको भ्रम नहुने पार्टीको चुनावी घोषणापत्र तयारी समितिका संयोजक समेत रहेका शर्माले जानकारी गराए ।

१०९ औं वीपी जयन्तीको अवसरमा सुन्दरीजलमा बोल्ने क्रममा उनले भने, ‘जिम्मेवार सोच एवं भरोसा गर्न सकिने संकल्प र अठोटको प्रधानता सहितको घोषणापत्र बन्छ ।’ घेरो मात्र बाँकी रहेको टोपी लगाएका नागरिक देखी फाटेको धोती लगाएका नागरिकसम्मको भावना घोषणापत्रले समेटिने उनले प्रष्टाए ।

शिक्षाबाट वञ्चित, विद्यार्थीको ड्रप आउट, उच्च शिक्षा लिएर पनि बेरोजगार बस्नुपर्ने बाध्यता लगायतका समस्या समाधान गर्ने विकल्प सहितको घोषणापत्र सार्वजनिक गरिने शर्माले बताए । महामन्त्रीको उम्मेदवारी घोषणा गरेकै स्थानबाट शर्माले चुनावी घोषणापत्रमा समावेश गरिने विषयबारे भने, ‘यो अवधिमा हाम्रा कमजोरीको पहिचान र बदलिएको समयको अपेक्षाको जगमा हामी व्यावहारिक घोषणापत्र निर्माण गर्नेछौं ।’

शासन प्रणाली सहि भएर पनि नागरिकलाई व्यापक विश्वासमा लिन भइरहेका कमजोरीको पहिचान घोषणापत्रमा गरिने शर्माको जिकिर छ । ५ वर्षको सरकारको कुरा नभई १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्ने शर्माको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?