+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

मिस टिन नेपालको उपाधिका लागि भिड्दै १५ प्रतिस्पर्धी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १०:०५

काठमाडौं । सेञ्चुरी मिस टिन नेपाल २०२२ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । काठमाडौं जेसीजको आयोजनामा भइरहेको प्रतियोगिताको अन्तिम चरणका १५ प्रतिस्पर्धीले ट्यालेन्ट राउण्डमा आ–आफ्नो विशेष प्रतिभा प्रस्तुत गरेका छन् ।

जमलस्थित होटल यल्लो प्यागोडामा भएको ट्यालेन्ट राउण्डमा सहभागिहरुले नृत्य, गायन, अभिनय, कविता वाचन, चित्रकला, मनोवाद लगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।

मिस टिनको उपाधिका लागि अदिति श्रेष्ठ निशा सोनी साह, प्रतिक्षा डंगोल, परिका भण्डारी, सुस्मिता अधिकारी, खुसी श्रेष्ठ, स्नेहा पौडेल, आर्या पौडेल, सुम्निमा पुरी, पूजा ओली, हर्षिता पन्त, कसक पौडेल, विसुका कोइराला, सुजिता पौडेल र विभूषा बस्नेत प्रतिस्पर्धामा छन् ।

प्रतियोगिताको ग्राण्ड फिनाले असोज ९ गते हुँदैछ । १८ औं संस्करणको सेञ्चुरी मिस टिन प्रतियोगिताको कोरियोग्राफी मोडल तथा भिजे प्रियारानी लामाले गरिरहेकी छिन् । प्रतियोगितामा मुख्य टाइटलसहित अन्य १२ विधाको अवार्डका लागि प्रतिस्पर्धा भइरहेको छ । ट्यालेन्ट राउण्डका प्रमुख अतिथि सेञ्चुरीकी प्रबन्ध निर्देशक आयुषी दुगड र विशेष अतिथि आदित्य दुगडले प्रतियोगितासँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए ।

ट्यालेन्ट राउण्डमा निर्णायकका रुपमा अशोकप्यासी राई, आशा लामा, रितिका खरेल, सुशिलकुमार श्रेष्ठ, शैली बाँस्कोटा र अमि प्रधान रहेका थिए । आयोजक काठमाडौं जेसीजका अध्यक्ष अनुप सुनुवारले किशोरीहरुको सामाजिक सांस्कृतिक वृत्तिविकासका लागि सेञ्चुरी मिस टिन प्रतियोगिता उपलब्धीपूर्ण हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?