+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

चुनाव महँगो भयो भन्दै माओवादी नेताले गरे उम्मेदवार नबन्ने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते १९:०८

१२ असोज, काठमाडौं । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवले ४ मंसिरमा हुने प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका उनले चुनाव महँगो भएकाले आफू उम्मेदवार बन्न नसक्ने अनलाइनखबरलाई बताए ।

यादवलाई नेकपा माओवादी केन्द्रले सर्लाही–३ बाट सिफारिस गरेको थियो । ‘अहिलेको चुनाव महँगो भयो’ यादवले अनलाइनखबरसँग भने, ‘मेरो अवस्था चुनाव लड्न सक्ने खालको छैन ।’

‘चुनाव खाली लडेर मात्रै जित्न पनि सक्नुपर्‌याे। जित्नका लागि आवश्यक जे जे तत्व चाहिन्छ, त्यसको अभाव भएकाले मैले नउठ्ने निर्णय लिएँ’, उनले भने।

उनले पार्टीका उम्मेदवारलाई सहयोग गर्ने बताए । यादवले २०७४ मा सर्लाही–३ बाट प्रतिनिधिसभाको चुनाव जितेका थिए । यादव नेपाल सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम, लोकतान्त्तिक फोरम हुँदै २०७४ सालको स्थानीय तह चुनावअघि माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

२०७६ मा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका यादव २०४८ मा राष्ट्रिय सभा सदस्य बनेका थिए । २०७० मा समानुपातिक सांसद बनेका उनी २०५२ सालमै कानून मन्त्री बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?