+

नवौं राष्ट्रिय खेलकुद : महिला हकीमा गण्डकी प्रदेशको विजयी सुरुवात

२०७९ असोज  २७ गते १८:११ २०७९ असोज २७ गते १८:११
नवौं राष्ट्रिय खेलकुद : महिला हकीमा गण्डकी प्रदेशको विजयी सुरुवात

२७ असोज, पोखरा । पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला हकीमा घरेलु टोली गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।

गण्डकी बोर्डिङ स्कुल लामौचौर पोखराको मैदानमा बिहीबारदेखि भएको प्रतियोगिताको उदघाटन खेलमा गण्डकीले प्रदेश १ लाई ७–० अन्तरले हराएको हो ।

गण्डकीका तर्फबाट सोनु बरालले १३ औं मिनेटमा खाता खोलेकी थिईन् । त्यसको २ मिनेटपछि नै सबिना पुन रानाले गोल गर्दै अग्रता दोब्बर पारिन् ।

गण्डकीले दोश्रो हाफमा थप आक्रामक खेल्दै २ गोल थप्यो । खेलको १७ औं र २६ मिनेटमा कमला पुनले गोल गर्दै गण्डकीका लागि स्कोर बढाइन् ।

त्यस्तै खेलको तेस्रो क्वाटरमा गण्डकीले थप २ स्कोर बढायो । खेलको ३४ औं मिनेटमा सोनु बरालले पुनः एक गोल गरिन् भने कमलाले ४२ औं मिनेटमा खेलमा व्यक्तिगत तेस्रो गोल गरिन् ।

अन्तिम क्वाटरमा गण्डकीको तर्फबाट दिपशिखा पौडेलले ५५ औं मिनेटमा गोल थपिन् ।

नवौं राष्ट्रिय खेलकुद हकी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय