+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

मेगा बैंकले सञ्चालनमा ल्यायो भू-सेवा केन्द्र, अब घरजग्गा रोक्का-फुकुवा बैंकबाटै हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १६:३२

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले घर, जग्गा, अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहज रुपमा उपलब्ध गराउने उद्देश्यले भू–सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागसँगको समन्वयमा भू-सेवा केन्द्र सञ्चालन निर्देशिका, २०७६ तथा भू-सेवा केन्द्र सञ्चालन निर्देशिका (पहिलो संशोधन), २०७८ बमोजिम भू–सेवा केन्द्र सञ्चालनको अनुमति लिई घर, जग्गाको रोक्का तथा फुकुवा अनलाइनबाट गर्ने कार्यको सुरुवात गरेको मेगा बैंकले जनाएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागमा आयोजित समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलिया तथा मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का, रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भयो । समझदारी पत्रमा मेगा बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागका तर्फबाट महानिर्देशक पिताम्बर घिमिरेले हस्ताक्षर गरे ।

भू–सेवा केन्द्र सञ्चालनमा आएपछि घर, जग्गाको रोक्का तथा फुकुवाका लागि बैंकको प्रतिनिधि, जग्गा धनी तथा ऋणी सम्बन्धित मालपोत कार्यालयहरुमा उपस्थित नभई बैंककै भू–सेवा केन्द्रमा उपस्थित भई आवश्यक कागजपत्रहरु अनलाइनमार्फत पेश गरे पुग्नेछ ।

बैंकबाट रोक्का तथा फुकुवा कार्य गर्न सकिने हुँदा बैंक, सेवाग्राही तथा सम्बन्धित मालपोत कार्यालयहरुलाई समेत रोक्का तथा फुकुवा कार्यमा सहजीकरण हुने विश्वास मेगा बैंकको छ ।

यसबाट सेवाग्राही तथा बैंकको समय तथा लागतको समेत बचत हुन गई समयमा नै बैंकिङ सुविधा उपभोग गर्न सकिनेछ भने मालपोत कार्यलयहरुमा समेत बैंकको रोक्का तथा फुकुवा कार्यका लागि सेवाग्राहीहरुको भीडमा कमी आई अझै प्रभावकारी ढंगबाट विश्वासनीय सेवा प्रवाह गर्ने वातावरण सिर्जना हुने मेगा बैंकले विश्वास लिएको छ ।

शाह र श्रेष्ठले बैंकबाट प्रवाह हुने बैंकिङ सेवा सुविधाहरुलाई डिजिटलाइज गर्ने सन्दर्भमा मेगा बैंक सदैव अग्रस्थानमा रहेको बताए । बैंक तथा वीत्तिय संस्थाहरुमा भू–सेवा केन्द्र सञ्चालनमा ल्याउने मेगा बैंक पहिलो बैंक भएकोले बैंकिङ सेवा सुविधाहरुलाई डिजिटलाइज गर्ने बैंकको उद्देश्यमा अर्को कोशेढुङ्गा सावित भएको उनीहरुको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?